हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने

Hat pp

इलाम । इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ ।

जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी गराए ।

हात्तीपाइले रोगलाई नेपालबाटै उन्मूलन गर्ने उद्देश्यले विगत छ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियानमा सबै पक्षलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।

औषधि सेवनका लागि एक हजार ९४४ वटा केन्द्रमा त्यत्तिकै संख्यामा स्वयंसेवक र ३६१ जना स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले जानकारी दिए ।

सन् २०१८ बाट नेपालबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य रहेअनुरूप वि।सं। २०६८ देखि यो रोगविरूद्धको औषधि खुवाउँदै आएको छ । जसअनुरूप इलाममा पहिलो वर्ष आव २०६८/६९ मा ६६ दशमलव ४ प्रतिशत, ०६९/७० मा ७० दशमलव २, २०७०/७१ मा ८० दशमलव ०२, ०७१/०७२ मा ८५ दशमलव ११, ०७२/७३ मा ९० र २०७३/७४ मा ९२ प्रतिशत प्रगति भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका दानाबारी, चुलाचुली, बाँझो, साकफारा, जिर्मले, इरौंटार र महमाईलगायतका गाउँ यस रोगको उच्च जोखिममा रहेकोसमेत कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस