१० दिने एकिकृत स्वास्थ्य शिविर ३ हजारको स्वास्थ्य परीक्षण

Children s health checks

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा ३ हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघर लगायतका बिरामीको उपचार गरिएको थियो । गत माघ २१ गतेदेखि सञ्चालन भएको सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण १ हजार ९२९, पाठेघर सम्बन्धी चेकजाँच ३ सय १२, आँखाको उपचार एक हजार १८६, दाँतको उपचार ३३६ तथा भिडियो एक्सरे १६४ जनाको गरिएको नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए ।

यसैगरी चश्मा वितरण ३९८ जना र मोतियाविन्दुका ११५ बिरामीको उपचार गरिएको थियो । सो कार्यको आर्थिक व्यवस्थापन गाउँपालिकाले गरेको थियो । ३ हजार २०७ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो । गाउँपालिकाका पाँचवटै वडामा एकिकृत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । निःशुल्क शिविर सञ्चालनमा १३ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ

प्रतिकृया दिनुहोस