हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

Hattipaile

भोजपुर । भोजपुर जिल्लामा हात्तीपाइले फाईलेरिया रोग विरुद्धको औषधी खुवाइने भएको छ ।

हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा १ लाख ५० हजार ४ सय लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए । यसमा ८० हजार ७७ महिला र ७० हजार ४१७ पुरुष रहेका छन् ।

औषधि खुवाउनका लागि एक हजार १०३ स्वयम्सेविका परिचालन गर्नाका साथै औषधि सेवनपछि आउने तत्कालीन असर समाधानका लागि कार्यालयले ४३५ जना स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गर्ने भएको छ ।

यसैबीच, भोजपुरमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम यसवर्ष आठौँ चरणमा पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...