अफगानी सेनाको आक्रमणमा ४३ लडाकूको मृत्यु

Afghanistan attack final

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सोमबार रातभर गरेको हवाई आक्रमणमा ४३ तालिवानी लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले मङ्गलबार बताएका छन् ।

घटनामा कम्तिमा २० जना अन्य लडाकू घाइते भएका बताइएको छ । तालीवान लडाकूले अफगानी सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण शुरु गरेपछि अफगानी राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध प्रान्तको नेस जिल्लामा आक्रमण शुरु गरेको सैनिक जनरल अब्दुल राजिकले सिन्ह्वा न्यूज एजेन्सीलाई बताए ।

सेनाले हवाई आक्रमण शुरु गरेपछि कैयौँ तालिवानी लडाकू घटनास्थलबाट भागेका सेनाले बताएको छ । घटनास्थलबाट तालिवान समूहले प्रयोग गर्दै आएका कैयौँ गाडी तथा वन्दोवस्तीका सामान तथा ठूलो पैमानामा विस्पोटक पदार्थ नियन्त्रणमा लिई नस्ट गरेको प्रहरीले बताएको छ ।

सेनाले दिएको जानकारी अनुसार विद्रोहीसँगको झडपमा सेना, प्रहरी तथा अन्य सरकारी अधिकारी कसैलाई पनि असर परेको छैन । तालिवानी समूहबाट घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...