ताइवान भूकम्पमा मृत्यु हुनेको संख्या १७ पुग्यो

Resize.php

ताईपाइ । ताइवानमा आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या १७ पुगेको ताइवानको हुआलेन राज्यका अधिकारीहरु आइतबार जानकारी दिएका छन् ।

ताइवानमा गत मंगलबार अबेर राती ६.५ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पबाट प्रभावितहरुलाई सहयोग, उद्धार र खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

खोजी कार्यमा खटिएका अधिकारीहरुले खोजी कार्य अत्यन्त कठिन भएको बताएका छन् ।

अहिलेसम्म मृत्यु भएका १७ जना मध्ये नौ जना चिनियाँ नागरिक रहेका छन, भने ५ जना ताइवानीज नै रहेका छन । त्यसैगरी एक जना फिलिपिनियो र दुई क्यानडाली रहेका अधिकारीहरुले जनाएका छन् ।

भूकम्पमा परी कुल २८५ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने केही घाइतेहरु अस्पतालबाट फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस