उत्तर कोरियाको भ्रमण गर्न दक्षिण कोरियाका राष्ट्रपतिलाई निमन्त्रणा

Moon jae

सोल । हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणका लागि निमन्त्रणा गरेको छ ।

प्रतिनिधिमण्डलको नेतृत्व गरेका उत्तर कोरियाको संसदका प्रमुख तथा त्यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपति समेत मानिने किम योङ नामले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई भ्रमणका लागि आमन्त्रण गरिएको हो ।

उत्तर कोरियाली टोली र दक्षिण कोरियाका राष्ट्रपति बीच शनिबार दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसमा भेटवार्ता भएको हो ।

उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी किम यो जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणापत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गरिएको थियो ।

उत्तर कोरियली प्रतिनिधिमण्डलमा सदस्यसमेत रहनु भएकी जोङले हस्तान्तरण गरेको पत्रमा दुई कोरियाको सम्वन्ध सुधार्न चाहेको उल्लेख गरिएको राष्ट्रपति मुनका प्रवक्ता किम इउइ कीओनले जानकारी दिए ।

सर्वोच्च नेता किमले जाति सक्दो चाँडो राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले सो अवसरमा जानकारी गराएका थिए ।

राष्ट्रपति मुन र भ्रमण टोलीकाबीचमा अनौपचारिक कुराकानी भएका बेला जोङले सर्वोच्च नेताको निमन्त्रणाको कुरा गरिएको हो ।

शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरिया गएको उत्तर कोरियाको प्रतिनिधि मण्डलमा रहेका जोङ सत्तारुढ दल वर्कर्स पार्टी कोरियाको केन्द्रीय समितिकी प्रथम उपनिर्देशक छन् ।

यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो ।

यस भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थनीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका समाचारमा जनाइएको छ ।

उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेको हो । टोली आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...