पाठेघर खस्ने बिरामीका लागि स्वास्थ्य शिविर

Doctor sibir

रोल्पा । रोल्पामा पाठेघर खस्ने बिरामीको संख्या अत्यधिक रहेको भन्दै गाउँपालिकाले समेत चासो दिन थालेको छ । यसै क्रममा जिल्लाको माडी गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने तथा तल्लो पेटको समस्या भएका महिलाका लागि शिविर सञ्चालन गरेको छ ।

शिविरमा २७९ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गराएकामध्ये १२ जनामा पाठेघर सम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउन सल्लाह दिएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।

स्वास्थ्य परीक्षण, औषधि तथा ल्याब सेवा समेत निःशुल्क प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

महिला रोग विशेषज्ञ डा. अनुका शर्माद्धारा परीक्षण गरिएको सो शिविरमा माडी गाउँपालिकाका अतिरिक्त छिमेकी गाउँपालिका तथा सल्यान जिल्लाका बिरामीले समेत सेवा लिएका थिए ।

गाउँपालिकाभित्र पाठेघर तथा तल्लो पेटको समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि उनीहरुले रोग लुकाएर बसिरहेको भन्ने जानकारी पाउना साथ गाउँपालिकाले सो शिविर सञ्चालन गरेको थियो । शिविरमा गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

कम उमेरमा विवाह गर्नु, गर्भवती भएको बेला भारी बोक्नु, सुत्केरी स्याहार नपाउनु जस्ता कारणले जिल्लामा पाठेघर तथा तल्लो पेट सम्बन्धी समस्या भएका महिला अत्यधिक रहेका छन् । हरेक स्थानीय सरकारले यस्ता शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन जरुरी रहेको स्थानीयबासिन्दाको धारणा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...