परिवार नियोजन अब उचाईमा : अध्यक्ष गिरी

Fpan  photo

काठमाडौं । नेपाल सरकारले गठन गरेको नेपाल परिवार नियोजन संघको नया तदर्थ  कार्य समितिका अध्यक्ष छत्र वहादुर गिरीले सरकारले दिएको जिम्मेवारी अनुसार आफुहरुले कार्य सम्पादन गर्ने भएकाले संस्था अब थप गति सहित नया उचाईमा पुग्ने बताए ।

कार्य समितिलाई लाई आज एक समारोहका विच संघको कार्यलय पुल्चोकमा आयोजना गरिएको स्वागत कार्यक्रममा अध्यक्ष गिरीले भने,‘ हामी कसैलाई प्रतिशोध साध्न आएका हैनौ, संस्थामा देखिएको विचलनलाई निरुत्साहित गर्न, नेपालमा स्वाथ्य क्षेत्र त्यसमा पनि परिवार नियोजनको क्षेत्रमा काम गर्ने ५९ वर्ष पुरानो आईपीपीएफ सदस्य संस्थाको गरिमा जोगाउन र संघलाई नया गतिमा लैजाने म्यान्डेट मन्त्रिपरिषद्ले दिएकाले आफुहरु अव संस्थाको हितमा काम गरेर चाडै नै नया कार्य समितिलाई हस्तान्तरण गर्ने बताए ।

उनले भने आफुहरुका विरुद्ध केही व्यक्तिहरुले नियोजित प्रचार गरिरहेकाले सबै कुराहरु झुटा र प्रतिशोधपुर्ण छन् जसको जति निन्दा गरे पनि हुदैन । उक्त कार्यक्रममा संघका पुर्व अध्यक्ष सुवास प्रधानले पुरानो कार्य समिति विघटन पहिल्यै गर्नु पर्ने थियो, हाल गर्नै पर्ने अवस्थामा पुगेकाले सरकारले विघठन गरेको र कार्य समितिले  धरासायि भएको संघमा कुनै पनि आर्थिक भार नपर्ने गरी काम गर्ने बताए ।

त्यसै गरी सदस्यहरु डा.पदम चन्द, रविन कोईराला लगायतले आफ्नो धारणा राख्दै अबको संघ नमुना बनाउनु पर्नेमा जोड दिए । सो संस्थाकी कार्यकारी निर्देशक महिमा मल्लले केही उतार चढाव आए पनि झण्डै पाच सय कर्मचारी रहेको, ५९ बर्ष पुरानो संघले विवेकपुर्ण ढंगले चल्नु पर्ने बताउदै नया कार्य समिति पहिला पनि काम गरी सकेको अनुभवी, विश्व परिवेशमा परिचित अनुहार रहेकाले संस्था नया युगमा प्रवेश गरेकोले सबै मिलेर अगाडी बढ्नु पर्ने बतए ।

नेपालमा परिवार नियोजनको क्षेत्रमा काम गर्न २०१६ साल असोज २ गते स्थापीत सो संस्थामा पछिल्लो समयमा अमुसिंह सिंजापति नेतृत्वमा रहदा  आन्तरीक विवाद सतहमैै आएको थियो, संघको बहुमत सदस्ले राजिनामा दिए पछि सिजापतिले मनोमानी सदस्य नियुक्ति गरी ब्यापक चलखेल गरेको भन्दै सरकारले संस्थाको सुध्रिढीकरण तथा चुस्त व्यवस्थापनको लागि पुरानो कार्य समिति विघठन गरी संघको पुर्व अध्यक्ष समेत रहिसकेका छत्र वहादुर गिरीको अध्यक्षतामा नया कार्य समिति गठन गरी संघिय संरचना अनुसार संस्था पुर्नसंरचनाको जिम्मेवारी समेत दिएको थियो ।     

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...