सुरक्षित गर्भपतन स्वास्थ्य समस्या घट्दै

Abortion process

झापा । सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ ।

स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढेका छन् । जसका कारण महिलामा गर्भपतनपछि हुने अधिक रक्तस्राव, शारीरिक कमजोरी लगायतका स्वास्थ्य समस्यामा कमी हुन थालेको हो ।

असुरक्षित रुपमा गर्भपतन गराउदा महिलाको मृत्यु समेत हुने गरेकाले यस्को नियन्त्रणका लागि सरकारले निःशुल्क सुरक्षित गर्भपतन सेवा दिन थालेको कार्यालयका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले बताए ।

चालु आर्थिक वर्षको साउनयता जिल्लाका १ हजार ५२१ जनाले सुरक्षित गर्भपतन गराएको उक्त कार्यालयका तथ्यांक सहायक तोयानाथ दाहालले जानकारी दिए । जसमध्ये ११३ महिलामा स्वास्थ्य समस्या देखिएकामा समाधान गरिएको दाहालले बताए ।

आव ०७१/७२ मा ३ हजार ४३२ जनाले सुरक्षित गर्भपतन गराएका थिए । उनीहरुमध्ये ६७२ जनामा स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि आव ०७२/७३ मा ४ हजार २०७ जनाले सुरक्षित गर्भपन गराएका थिए । जुन संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८२५ ले बढी हो ।

त्यस्तै, आव ०७३/७४ मा ५ हजार २१४ ले गर्भपतन सेवा लिएकामा ४०४ जनामा स्वास्थ्य समस्या देखिएको थियो । ‘आठ हप्तासम्मको गर्भपतन गराउनसक्ने गरी निःशुल्क सेवा दिँदै आइएको छ’, कोइरालाले भने, “अहिले लुकीचोरी गर्भपतन गराउनुपर्ने अवस्था छैन, जसले गर्दा गर्भपतन गराउँदा हुनसक्ने सम्भावित जोखिमबाट समेत बच्न सकिन्छ ।”

झापाका झापामा १२ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा प्रदान गरिँदै आएको छ


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...