गलगाड निवारणका लागि एक महिनासम्म आयोडिन महिना मनाइने

Aayodin nun

काठमाडौँ । आयोडिनयुक्त नूनको थप प्रद्धधन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पोरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्म अर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ ।

सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ ।

लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई कर्पोरेशनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाएपछि सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् १९८५ मा सो रोगीको संख्या ४४ प्रतिशत रहेको थियो भने सन् २००७ मा शून्य दशमलव चारमा झरेको थियो ।

अर्कोतर्फ सन् २०१६ को पछिल्लो स्वास्थ्य सर्वेक्षणअनुसार ५ वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले आयोडिनयुक्त नूनको उपभोग गरेको देखिएको थियो । सरकारले सन् २०१८ को अन्त्यसम्ममा आयोडिनयुक्त नूनको उपभोग गर्ने घर संख्या ९५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।

नेपाल युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य देश पनि हो । कर्पोरेशनले हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, डोल्पा र मुगुको नूनको मौज्दात रहेको र ती जिल्लामा नूनको अभाव नभएको जनाएको छ । यसैबीच कर्पोरेशनले आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्न आह्वानसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस