द्वन्द्वपीडित र बहुअपांगता भएकाहरुलाई मेडिकल सोसाइटीको सहयोग

Unite help

काठमाडौं । द्वन्द्वपीडित तथा अपांग समाज साँखुमा आश्रय लिइरहेका ४० जना भन्दा बढी बहुअपांगता भएकाहरुलाई युनाइटेड नेसनल मेडिकल सोसाइटी अफ नेपालले सहयोग गरेको छ ।

युनाइटेड नेसनल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५ जना चिकित्सक, १० जना नर्स तथा ३ जना फिजियोथेराफिष्ट सहितको टोली संस्थाकै कार्यालयमा निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । सो संस्थामा बालबालिका, महिला र वृद्धवृद्धाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

सोसाईटीसँग आवद्ध चिकित्सकहरुले स्वास्थ्य उपचारसँगै संस्थामा आबद्ध सदस्य तथा स्वयंसेवकबाट विभिन्न ठाउँबाट कपडा तथा पौष्टिक आहार संकलन गरी वितरण गरिएको आस्मा पौडेलले बताइन् ।

युनाइटेड नेसनल मेडिकल सोसाइटी अफ नेपालल अध्यक्ष डा.चन्दन रमनका अनुसार संस्थामा उचित खानेपानीको व्यवस्थापन नहुदाँ विभिन्न किसिमका समस्याहरु देखिएको छ ।
बच्चाहरुमा कुपोषणको समस्या समेत देखिन थालको छ । अधिकाँसमा मानसीक समस्या देखिएको डा.रमनले बताए । उनले संस्थामा आश्रय लिइरहेका सबैको शारिरिक अवस्था कमजोर रहेकाले पनि बिभिन्न प्रकारका रोगहरुले संक्रमण गर्ने सम्भावना बढी देखिएको बताए ।

सडकमा अलपत्र परेका, अनाथ, असाहय तथा बहुअपांगता भएका व्यक्तिहरुलाई संस्थाले संरक्षण दिँदै आएको संस्थाका अध्यक्ष युवराज थापाले बताए । थापा आफै पनि शारिरिक अपांग हुन् ।

‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको सो संस्थाले यसअधि स्वयम्भुको इल्डर होममा पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस