तेस्रो टेष्टमा भारतले लाज जोगायो

Prv 1517078428


माघ । मोहम्मद सामीले ५ विकेट लिएपछि भारतले दक्षिण अफ्रिकासँगको टेष्ट श्रीङ्खलामा सान्त्वना जीत हात पारेको छ ।

दक्षिण अफ्रिकाको जोहनेसबर्गमा भएको तेस्रो तथा अन्तिम टेष्टमा ६३ रनले विजयी हुँदै भारतले टेष्ट श्रीङ्खला क्लिनस्वीप हुनबाट जोगाएको हो ।

 

२ सय ४१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ सय २३ रन बनाउँदासम्म मात्र १ विकेट गुमाएको थियो । तर दोस्रो विकेटका रुपमा हासिम अम्ला ५२ रनमा आउट भएपछि दक्षिण अफ्रिका लगालगजसो विकेट पतनको शिकार भयो । र, १ सय ७७ रनमा समेटियो ।

डिन एल्गर ८६ रनमा नटआउट रहेपनि टीमलाई जिताउन भने सकेनन् । इग्लर, अम्ला र भेर्नोन फिलान्दरबाहेक दोस्रो पटक दक्षिण अफ्रिकाका सबै ब्याट्स्म्यान दोहोरो अंकमा रन नजोड्दै आउट भए । ४ जना ब्याट्स्म्यान त शुन्य रनमै पबेलियन फर्किएका थिए ।

भारतका मोहम्मद सामीले ५, जसप्रित बुमराह र इशान्त शर्माले दुई दुई तथा भुवनेश्वरकुमारले एक विकेट लिए । १२ ओभर ३ बल बलिङ गरेका सामीले २ मेडन राख्दै २८ रन खर्चिए । भारत र दक्षिण अफ्रिकाबिच ६ वटा एकदिवसीय क्रिकेट हुन बाँकी छ ।

भातरले पहिलो पालीमा १ सय ८७ र दोस्रो पटक २ सय ४७ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो पटक १ सय ९४ रन बनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...