मेयरकप क्रिकेट थालिगाडा सेमिफाइनलमा

Cricket

बैतडी । दशरथचन्द नगरपालिका–६ थालिगाडा, यहाँ जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा आज दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई पाँच विकेटले हराउँदै थालिगाडा सेमिफाइनल प्रवेश गरेको हो ।

बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी ८८ रनमा समेटियो । दुर्गाभवानीका गोविन्द भट्टले सर्वाधिक ४५ रन बनाए । बलिङतर्फ थालिगाडाका शंकर महरले चार विकेट लिए ।

दशरथचन्दले १३।५ ओभरमा ८९ रनको लक्ष्य पूरा ग¥यो । चन्दन रावल र लोकेन्द्र रावलले १५÷१५ रन बनाए । बलिङतर्फ दुर्गाभवानीका गोविन्द भट्टले तीन विकेट लिए । चार विकेट लिएका थालिगाडाका शंकर महर ‘म्यान अफ द म्याच’ घोषित भएको नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिए ।

मंगलबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल खेल देहिमाण्डौँ र थालिगाडाबीच तथा दोस्रो सेमिफाइनल खलंगा र ग्वाल्लेकबीच हुनेछ ।

प्रतिकृया दिनुहोस