विपी प्रतिष्ठानमा औषधी बेच्न विचौलिया सक्रिय

प्रतिष्ठान व्यवस्थापन आफैं लाग्यो बाहिरका फार्मेसी संरक्षणमा

Bp koirala dharan

धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाबारे धेरैलाई थाहा छ । तर, यसभित्र रहेका फार्मेसी र स्वास्थ्यकर्मीहरुको चलखेलबारे भने धेरैलाई थाहा छैन र हुने कुरा पनि भएन ।

प्रतिष्ठानको इमरजेन्सी नजिक फार्मेसी छ । त्योबाहेक मेडिसिन वार्ड, गाईनो र बालरोग वार्ड नजिक फार्मेसी छैन । यसको फाइदा बिचौलियाहरुले लिइरहेका छन् ।

प्रतिष्ठानदेखि फार्मेसीहरु टाढा हुँदा विरामीका आफन्तहरु मर्कामा परेका छन् । अझ विरामीका आफन्तहरु विचौलियामार्फत महंगो दरमा औषधी किन्न बाध्य भएका छन् ।

यस्तै समस्या भोगी मोरङ कानेपोखरीकी लक्ष्मी धितालले भनिन्, ‘पहिला नजिकै औषधी पसल थियो, अहिले त आधा घण्टा हिड्नुपर्छ । इमरजेन्सी औषधी चाहिए गाह्रो हुन्छ ।’

झापा दुधेका कमल बजगाँईले पनि रातविरात औषधी लिन जाँदा समस्या भोगेका छन् । ‘राती १,२ बजे औषधी ल्याउनु भन्छन्, बाहिर गयो कति मेडिकल बन्द नै हुन्छन्’ उनले भने ।

वीपी प्रतिष्ठान हाताभित्र सञ्चालित लाईफ केयर मेडिकल हल विगत डेढ महिनादेखि बन्द छ । प्रतिष्ठान आफैंले फार्मेसी सञ्चालन गर्ने भए पनि लाईफ केयरलाई छाड्न भनेको थियो । फार्मेसी सञ्चालकले स्टक सामान सकिएपछि डेढ महिना अघिबाट फार्मेसी खाली गराउँदै आएका छन् । अहिले प्रतिष्ठानको इमरजेन्सी, गाईनो र सर्जरीका फार्मेसी बन्द गरिएका छन् ।

प्रतिष्ठान भित्र सञ्चालित लार्ईफ केयर मेडिकल बन्द गराउन भन्दै प्रतिष्ठान बाहिरका मेडिकल सञ्चालक नै लागेका थिए । उनीहरुले प्रतिष्ठान आफैंले फार्मेसी चलाउन खोज्दा भित्र रहेको फार्मेसी बन्द गराउन बाहिरका फार्मेसीहरुले आन्दोलन नै गरेका थिए । उनीहरुको आन्दोलनका कारण प्रतिष्ठानले लाईफ केयरलाई कोठा खाली गर्न लगाएको थियो ।

प्रतिष्ठान स्रोतले दिएको जानकारी अनुसार उपकूलपति डा. राजकुमार रौनियारले केहि फार्मेसीहरुसँगको सेटिङमा लाईफ केयरलाई खाली गर्न लगाएका थिए ।

सरकारको निर्देशन मान्नुभन्दा पनि केहि फार्मेसीहरुको दवाव र कमिसनको चक्करमा फार्मेसी सञ्चालन नगर्ने सेटिङ भइरहेको छ । प्रतिष्ठान व्यवस्थापन आफैं फार्मेसी चलाउने भन्दा बाहिर आफैंले फार्मेसी चलाएर भित्री रुपमा बाहिरका मेडिकल सञ्चालकको टिमलाई नै भित्र्याएर मेडिकल चलाउने खेलमा छ । यसका लागि उपकूलपतिले औषधी व्यवसायी संघका राजु श्रेष्ठ, रजत फर्माका व्यवस्थापक मचेन लिम्बु लगायतसँग साँठगाँठ गरेका छन् ।

फार्मेसी चलाउन उपकूलपतिले नै टेण्डर गरेको हो, यसबारे मलाई केही थाहा छैन’ प्रतिष्ठानमा रजिष्ट्रार तुलबहादुर श्रेष्ठले भने, ‘भिसी सर र डाईरेक्टर नै लाग्नु भएको छ । उहाँहरुलाई नै थाहा होला फार्मेसी कहिले चलाउने ?’

प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारसँग जानकारी लिनका लागि उनको मोवाईलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

नियमको उल्लंघन
सरकारी स्वास्थ्य संस्थाले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले निर्देशिका जारी गरेको छ । सरकारकै निर्देशन अनुरुप सरकारी स्वास्थ्य संस्थाले आफ्नै फार्मेसी बनाउनु पर्नेमा प्रतिष्ठानले निर्देशिका आएको दुई वर्ष हुँदासमेत फार्मेसी बनाउन तदारुकता देखाएको छैन ।

प्रतिष्ठान ब्यवस्थापनले लाईफ केयरलाई कोठा खाली गर्न भनेपनि आफैंले फार्मेसी चलाउन कुनै चासो देखाएको छैन । अहिले फार्मेसी चलाउनकै लागि भनेर प्रतिष्ठानले ३५ जना कर्मचारी लिइसकेको छ । उनीहरु प्रतिष्ठानको तलब पचाउन यतिबेला घाम तापेर दिन कटाउँदै छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...