इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

Image

बैतडी । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति स्वास्थ्य बीमाले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि उक्त सेवा सञ्चालनमा आएको हो ।

ती सेवा पाटनमै सञ्चालनमा आएपछि बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या हटेको केन्द्रका डा नवीन्द्र ढकालले बताए । उनले भने, “इसिजी र भिडियो एक्सरेकै लागि भारतीय बजार तथा जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।”

स्वास्थ्य बीमा कार्यक्रमले जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य बीमाअन्तर्गत इसिजी, भिडियो एक्सरे र एक्सरे सेवा राखिएको छ । बैतडीमा विसं २०७३ पुस ७ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...