बजारमा आयो कपिलवस्तु चिनाउने गीत (हेर्नुस् भिडियोसहित)

Kapilbastu song

कपिलवस्तु । गण्डकी र लुम्विनी क्षेत्रमा गायीका सुशीला विश्वकर्मालाई नचिन्ने सायद कमै होलान् । उनलाई यो क्षेत्रमा सांगीतिक बजारमा उद्यम मच्चाउन सफल गायीका भनेर चिनिन्छन् ।

त्यसमा पनि उनले स्वर दिएको मेरो प्यारो कपिलवस्तु बोलको गीत बजारमा ल्याएपछि त उनको चर्चा दिन दुई गुना, रात चौगुना चुलिँदै गएको छ ।
कपिलवस्तु जिल्लामा रहेको ऐतिहासिक, धार्मिक साथै पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन तथा प्रदेश ५ को राजधानीको रुपमा प्रस्तुत गर्दै कर्सो नेपालको सहयोगमा ‘हाम्रो कपिलवस्तु, बुद्धभुमि कपिलवस्तु’ बोलको गीत सार्वजनिक भएको छ ।

मिलन विसीको शब्द, संगीत र लयमा तयार भएको ‘हाम्रो कपिलवस्तु, बुद्धभुमि कपिलवस्तु’ मा मिलन विसी र सुशीला विश्वकर्माको स्वर छ । यो गीतमा जिल्लाका विभिन्न धार्मिक, पर्यटकीय र सांस्कृतिक महत्व झल्काइएको छ ।

राज केसी र श्रृजना खनालको मुख्य अभिनय रहेको सो गीतमा राज केसीले नै म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

भगवान गौतम वुद्धका बाबु शुद्धोधनको राज्यको राजधानी तिलौराकोट रहेको र बुद्धसँगसम्बन्धित सय भन्दा बढी पुरातात्विक स्थलहरु कपिलवस्तु जिल्लामा रहेपनि सधैं पछाडी परेकाले विश्वभरी चिनाउने उद्देश्यले ‘हाम्रो कपिलवस्तु, बुद्धभुमि कपिलवस्तु’ भन्ने लोक दोहारी एल्बम बजारमा ल्याइएका गायिका सुशीला बिश्वकर्मा बताउँछिन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...