धनकुटा प्रदेश राजधानी बन्नुपर्ने यस्ता छन् वैज्ञानिक कारण

Bidur subedi

अहिले प्रदेश राजधानी बनाउने आन्दोलन तातेको छ । खासगरी प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउनुपर्ने भन्दै चरणवद्ध आन्दोलनहरु भइरहेका छन् । एकातिर धनकुटामा आन्दोलन चर्किएको छ भने काठमाडौंमा पनि दिनहुँ धर्ना भइरहेका छन् । आखिर धनकुटा नै १ नं. प्रदेशको राजधानी किन हुनुपर्छ त ? धनकुटाबाहेक अन्यत्र राखे के हुनसक्छ ?

अहिले सरकारले तयार पारेको खाकाअनुसार मोरङलाई प्रदेश नं. १ को राजधानी बनाउने भनिएको छ । मोरङ, सुनसरी वा तराईका जिल्लामा प्रदेशको राजधानी बनाउन नहुने भन्ने कदापि होइन । तर, विकासका आधारलाई पनि हेर्नुपर्छ । अहिले नै सुविधासम्पन्न स्थानको खोजी गर्दै प्रदेशको राजधानी बनाउने हो भने भोलीको नेपाल के होला ? यसबारे पनि बहस गर्न जरुरी छ ।

अहिले बसाई सराईको क्रम बढ्दो छ । त्यसै पनि पहाडमा भन्दा तराईमा बसाई सर्न मानिसहरु रुचाउँछन् । त्यसमा पनि तराईमा प्रदेशको राजधानी बनाउने हो भने आम मानिसको रोजाई तराई बन्नसक्छ । त्यस्तो अवस्थामा तराईको बस्ती बाक्लिने र पहाडमा रित्तिने अवस्था आउनसक्छ । पहाड रित्तिएपछिको नेपालको अवस्था दयनीय हुनसक्छ । यसबारे बेलैमा सोच्नुपर्छ ।

पूर्वी पहाडको जनसंख्या घट्दो छ । विश्वमा कही पनि जनसंख्या घट्दैन, बढ्छ । तर हालको १ नं. प्रदेशमा रहेका पहाडी जिल्लाको जनसंख्या दिनदिनै घट्दै गएको तथ्यांकले नै बताउँछ । २०६८ को जनगणनाअनुसार ताप्लेजुङमा ०.५५, पाँचथर ०.५२, इलाम ०.२६, झापा १.६६, मोरङ १.२५, सुनसरी १.९९, धनकुटा ०.१९, तेह्रथुम १.०८, संखुवासभा ०.०३, भोजपुर १.०७, सोलुखुम्बु ०.१७, ओखलढुंगा ०.५७, खोटाङ १.१५ र उदयपुरमा ०.९९ प्रतिशत छ । यो तथ्यांकलाई हेर्ने हो भने पहाडमा भन्दा तराई जनसंख्या वृद्धिदर धेरै छ ।

तराईमा धेरै हुनुको एउटै मात्र कारण भनेको तीव्र रुपमा हुँदै गरेको बसाई सराई नै हो । अब यसलाई रोक्न जरुरी छ । यसलाई रोक्ने एउटै मात्र उपाय भनेको पहाडमा सन्तसलित विकास गर्नु हो । 

कहाँ राख्ने त राजधानी ?
अहिले सर्वशक्तिमान राष्ट अमेरिकाको राजधानी अभ्यासलाई पनि हेरौं । अमेरिकामा पनि ठूला शहरभन्दा धेरै टाढा प्रदेशका राजधानी बनाएका छन् । अमेरिकामा कुनै यस्तो ठूलो सहर छैन, जहाँ प्रदेशको राजधानी छ ।

विश्वकै सबैभन्दा ठूलो सहर मानिन्छ न्यूयोर्कलाई । यो न्यूयोर्क राज्यमै पर्छ । तर, यसको राजधानी न्यूयोर्कभन्दा झण्डै ३ सय किलोमिटर टाढा रहेको अल्वानी भन्ने ठाउँमा छ । त्यसैगरी अमेरिकाको अर्काे ठूलो सहर सियाटल हो । यो वासिङटन राज्यमा पर्छ । तर, यसको राजधानी भने ओलम्पिया हो, जुन सियाटलभन्दा १ सय ५० किलोमिटर टाढा छ ।

त्यसो त क्यार्लिफोर्निया आफैंमा ठूलो राज्य हो । यसको ठूलो सहर भनेको सान फ्रान्सिस्को र लस एञ्जल्स हो । जबकी यसको राजधानी साक्रामेन्टो हो । लस एञ्जल्स भन्दा ६४० किलोमिटर टाढा र सान फ्रान्सिस्कोभन्दा १५० किलोमिटर टाढा र राजधानी ।

किन चाहियो धनकुटा नै ?
धनकुटा पूर्वाञ्चलको क्षेत्रीय मुकाम रहँदै आएको छ । यहाँ पर्याप्त भौतिक संरचना छन् । यहाँबाट पूर्व पहाडलाई जोड्न सक्ने सडक सञ्जाल छ । ऐतिहासिक महत्व उत्तिकै छ । विकासका सम्भावना धेरै छन् । यदि पहाडमा प्रदेश राजधानी बनाउने हो भने धनकुटाको अर्काे विकल्प छैन । औद्योगिकरण, व्यापारिकण, शैक्षिक तथा स्वास्थ्य सेवा, प्रशासनिक क्षेत्र, जोखिमको न्यूँनता, सामरिक तथा अन्य सुरक्षा, रोजगारी, कृषि उत्पादनको अवस्था आदी कारणले पनि धनकुटा उपयुक्त छ ।

बिकासको दृष्टिले हेर्ने हो भने धनकुटा नगरपालिका ९ मा बिमानस्थल निर्माणको सम्भाव्य अध्ययन सकिएको छ । यसले चाडै विमानस्थल बन्छ भन्ने आसा गर्न सकिन्छ । बिमानस्थल निर्माण राजधानी काठमाडौंसँगको सीधा सम्पर्क हुन्छ । कोशी राजमार्ग र पूर्व पञ्चिम लोक मार्गको केन्द्र विन्दु पनि धनकुटा नै हो १ नं. प्रदेशको लागि । धनकुटादेखि सबैभन्दा टाढाको जिल्ला सोलुखुम्बु पुग्न पूर्वपञ्चिम लोकमार्ग बनेपछि ६ देखि ७ घण्टामै पुग्न सकिन्छ । धनकुटाबाट तेह्रथुम, संखुवासभा, भोजपुर, ताप्लेजुङ र पाँचथर, इलाम र उदयपुर जिल्ला २ देखि ५ घण्टाभित्र पुग्न सकिन्छ ।

सुवेदी मानव अधिकार एलाइन्सका उपाध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...