श्रीमान डा. केसीलार्इ मानहानीको मुद्दा लाग्छ भने हामीलार्इ पनि लगाइयोस् : नेता थापा

New picture

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गर्नेहरुलाई पनि मानहानीको मुद्दा लगाउन चुनौती दिएका छन् ।

प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले आफूहरुको प्रदर्शन अदालतको सम्मान बढाउन भएको बताए ।

विगतमा राजाविरुद्ध बोलेको अभियोगमा आफूविरुद्ध राजद्रोहको मुद्दा लागेको स्मरण गर्दै उनले भने, ‘मेरो पक्षमा बहस गरिरहनु भएकाले सुवास नेम्वाङले श्रीमान्, एकछिन कुर्नुस्, बाहिर के नारा लागिरहेको छ सुनौं भन्नुभयो ।

नारा लाग्यो ‘ज्ञाने चोर देश छोड’ । त्यसपछि सुवास नेम्वाङले भन्नुभयो, श्रीमान यदि मेरो पक्षमाथि जे बोल्यो भनेर मानहानी लागेको छ, त्यो राजद्रोह हो भने तल आएका सबै राजद्रोही हुन् । सबैलाई एकैपटक सजायँ दिनुपर्छ ।’

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनक भएको बताएका छन् । उनले डा. केसीलाई तत्काल रिहा गर्न र उनले लगाएका आरोपमाथि छानविन गर्न माग गरेका छन् ।

अदालतको मानहानीको मुद्दा लागेपछि पक्राउ परेका डा. केसीको समर्थनमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुलाई सम्बोधन गर्दै मिश्रले डा. केसीलाई अपराधी जसरी रातारात गिरफ्तार गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘सर्वोच्चले आदेश दिएपछि वर्षौंसम्म कारबाही नभएको उदाहरण छन् । तर, डा. केसी जस्तो निष्ठा बोकेका व्यक्तिलाई रातारात हठात गिरफ्तार गरियो, यो निन्दनीय छ । सरकारका लागि लज्जाजनक विषय हो ।’

माइतीघर मण्डलामा मंगलबार बिहान भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...