स्वास्थ्य शिविरमा ९५ जनाको पाठेघर परीक्षण

Cervical cancer

चितवन । चितवनको रत्ननगर नगरपालिकाको वडा नं ९ मा गरिएको स्वास्थ्य शिविरमा ९५ जना स्थानीय महिलाको पाठेघरको निःशुल्क परीक्षण गरिएको छ ।

वडा नं ९ को वडा कार्यालयको सहयोग तथा स्थानीय उपभोक्ता समितिको आयोजनामा भएको दुईदिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन आइतबार ९५ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर आज पनि जारी छ ।

नगरपालिकाको साविक वडा नं ७ मा ४३ जना र साविक वडा नं ६ मा ५२ जना महिलाको पाठेघर जाँच गरिएको वडा सदस्य सरस्वती लामाले जानकारी दिए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी डां.मञ्जु शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको लामाले जानकारी दिए ।

वडा अध्यक्ष रोशन आचार्यले घरायसी कारणले अस्पताल पुग्न नसकेका महिलालाई गाउँमा नै स्वास्थ्य शिविर सञ्चालन हुँदा सजिलो भएको बताए ।

उपभोक्ता समितिकी संयोजक कमला घिमिरेले पाठेघर शिविरले महिलाको स्वास्थ्य परीक्षणमा सहज भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...