उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु : राष्ट्रपति ट्रम्प

Tramp

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताइएको छ ।

डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने ‘म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन ।’

सम्वाददाताहरुले उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भएपनि कुराकानी गरेको त छैन भनी गरिएको प्रश्नको जवाफमा उनले सो धारणा राखेका हुन ।

उनले भने , ‘म सधैँ वार्तामा विश्वास गर्ने मान्छे हुँ र उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने कुरामा म इच्छुक छु भनेर बुझ्दा हुन्छ ।’

राष्ट्रपति ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको पनि स्वागत गरे । उनले भने , ‘म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो ।

दुई कोरियाको बीचमा हुन गइरहेको वार्ताको स्वागत गर्दै उनले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस भन्ने आफ्नो धारणा रहेको पनि उनले बताए ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । दक्षिण कोरियाली अधिकारीहरुले वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् ।

पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । उक्त उच्चस्तरीय वार्ताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...