सुकुम्बासी दलित बस्तीकाे विद्यालयमा शिक्षकको तलब मासिक एक हजार !

हेर्नुस्, गुणस्तरीय शिक्षाकाे यथार्थता र अाधार !

School

कञ्चनपुर । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ । 

तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आउनुभएकी एकजना शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरी पढाउँदै आएकी छन ।

विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षिका युगमाया शाहीले थोरै तलबमा विद्यालयमा पढाउँदै आएकी हुन् ।

सुकुम्बासी दलित बस्तीमा सञ्चालित विद्यालयमा अधिकांश अभिभावकको आर्थिक अवस्था दयनीय भई आन्तरिक स्रोत नभएपछि न्यून तलबमा शिक्षक राखिएको हो । विद्यालयको आन्तरिक स्रोत थोरै भएकाले थोरै तलबमा चित्त बुझाउनुपरेको शिक्षिका शाहीले बताइन् । 

भारतमा मजदुरी गर्दै आएका बस्तीका बासिन्दाले केही रकम बचाइ चन्दा संकलन गरी विद्यालय सञ्चालन हुँदै आएको छ । न्यून आयस्रोतका कारण कक्षा ५ सम्म पढाइ हुने नवदुर्गामा दुई जना अस्थायी दरबन्दीमा एकजना राहतमा र एकजना निजी गरी जम्मा चारजना शिक्षक शिक्षिकाबाट विद्यालय सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्यालले बताए । 

विद्यालय सञ्चालन रहेको १० कट्ठा जग्गासमेत राष्ट्रिय आवास कम्पनीको नाममा दर्ता रहेको शिक्षक अभिभावक संघ अध्यक्ष वीरे बुढाले बताए । नेपाल–भारत सीमादेखि करिब २०० मिटर भित्र रहेको नवदुर्गा आधारभूत विद्यालय गाउँलेहरुको पहलमा विसं २०५५ मा काठ र खरको टहरो निर्माण गरी सञ्चालन गरिएको र विसं २०६३ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले मान्यता दिएको थियो । 

विद्यालयमा पर्याप्त कक्षाकोठा छैनन्, तारबार छैन, गतिलो शौचालय छैन, तर पनि सुकुम्बासी बस्तीका बालबालिकालाई साक्षर गराउन लागिपरेको समाजसेवी सोना मिजारले बताउनुभयो । 

एक दशकअघि स्वीकृति पाएको नवदुर्गा विद्यालयले दुईजना अस्थायी दरबन्दी र एकजनाको राहत कोटाबाहेक कुनै सुविधा प्राप्त गर्न सकेको छैन । नत जिल्ला शिक्षा कार्यालयले नै हेर्ने गर्छ, नत नगरपालिकाको वार्षिक योजनामा नै पर्ने गर्छ, स्थानीय गुनासो गर्छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...