२ सय ४ महिलाको पाठेघर क्यान्सर परीक्षण

Cervical cancer

सप्तरी । नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २ सय ४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ ।

परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्धारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क स्वास्थ्य उपचार सेवाअन्तर्गत सो संस्थाले २ सय ४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् ।

उनका अनुसार यस्ता परीक्षण परिवार नियोजनका लागि राजविराजस्थित कार्यालयमा समेत र संघको जिल्लास्थित अन्य स्थानमा रहेको शाखामा २५ जना महिला समूह बनेपछि एकैपटक परीक्षण भइरहेको जानकारी दिइएको छ ।

यस परीक्षणले पाठेघरमा क्यान्सर लागेको वा नलागेको कुरा पत्ता लगाई क्यान्सरको लक्षण देखा परेमा पीडितलाई परिवार नियोजनको धरान र इटहरी शाखामा पठाइने गरेको संघले जनाएको छ ।

संघले निःशुल्क परिवार नियोजनका अस्थायी साधन एवं निःशुल्क प्रजनन स्वास्थ्य सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण र सुरक्षित गर्भपतन सेवालगायतका अन्य सेवा दिँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...