देउवाकाे प्रस्ताव वाम गठबन्धनद्धारा अस्वीकार : सर्वदलीय बैठक सकियो

5 party meatin

काठमाडौं ।  प्रदेश प्रमुख र अस्थायी राजाधानी तोक्न सरकारले बाेलाएकाे सर्वदलीय बैठकमा सहमति जुट्न सकेन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा तोक्ने प्रस्ताव बैठकमा राखेपछि वाम गठबन्धनका नेताहरुले उक्त प्रस्ताव अस्वीकार गरेका हुन ।

प्रधानमन्त्री देउवाले बुधबार विहान बालुवाटारमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । बैठकमा प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए ।

बैठकमा  उपस्थित एमाले सुवास नेम्वाङसहित नेताहरुले यो छलफल नै अस्वीकार गरेपछि सहमति हुन नसकेको बताइएकाे छ । उनीहरुले प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने काम सरकारको भएको बताएका छन् । 

एमाले नेताहरु त्यसअघि नै गर्नु पर्ने काममा सरकारले विलम्ब गरेको भन्दै असन्तुष्टि जनाएका छन् । लगतै कांग्रेस नेता कृष्ण सिटौलाले एमाले आफैंले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने भनेकाले न राजनीतिक सहमति गर्नु परेको हो भनेका थिए ।

केही दिनअघि आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नै नलिने बताएका थिए । अाजकाे बैठकामा  एमाले अध्यक्ष केपी ओली भने अनुपस्थित थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...