सरकार छाड्न आलटाल गर्ने कांग्रेसको सानैदेखि लागेको बानी हो : नेता नेपाल

Madhav nepal

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार छाड्न आलटाल गर्ने कांग्रेसको सानैदेखि लागेको बानी भएको बताएका छन् । उनले भने, ‘जसरी राजा महाराजाहरुले आफूलाई सत्ताधारी ठान्थे, कांग्रेसले पनि ठान्ने गरेको छ ।’

बुधबार रिपोटर्स क्लबले गरेको कार्यक्रममा नेता नेपालले ५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई सुझाव दिएका छन् । वाम गठबन्धनले सरकार बनाउने भन्दै कांग्रेसबाट रचनात्मक सुझावको अपेक्षा गरेको बताए ।

एमाले नेता नेपालले नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय भइनसकेको बताए । उद्यपि एमाले अध्यक्ष केपी ओलीको सम्भावना धेरै रहेको बताए ।

उनले अघि भने, ओली प्रधानमन्त्री बन्ने कुरा अस्वभाविक पनि होइन । तर, माओवादीलाई के लाग्छ थाहा छैन । प्रचण्डजी नै पहिले प्रधानमन्त्री बन्ने हो कि ?’

‘शेरबहादुरजी अत्तालिनु हुँदैन । धेरै चिन्ता नगर्नुस्, विरामी पर्नुहोला’ देउवासँगै रामचन्द्र पौडेलसहित कांग्रेस नेताहरुको नाम लिँदै अघि भने, ५ वर्ष काम गर्न दिनुस् । खबरदारी गर्नुहोला तपाईबाट रचनात्मक सुझावको अपेक्षा गरेका छौं ।’

सरकार गठनमा ढिलाइ भइरहेको भन्दै उनले पार्टी एकता प्रक्रियालाई तिव्रता दिनु पर्ने बताए । बैचारिक, राजनीतिक र सैद्दान्तिक विषयमा छलफल गरेर सहमति र विमतिका विषय तय गर्नु पर्ने भन्दै उनले त्यसमा समस्या नहुने बताए ।

माधवकुमार नेपाल भावी प्रधानमन्त्रीको दावेदार हो कि होइन भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता नेपालले हाँस्दै भने, ‘म जुलुस लिएर जानुस् भन्दिँन ।’

यद्यपि वाम गठबन्धनमा प्रधानमन्त्रीका लागि मारामार हुन्छ भन्ने अपेक्षा नगर्न आग्रह गरे । ओली, प्रचण्डसँगै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलको समेत व्यवस्थापन गर्नु पर्ने भन्दै उनले आपसी छलफल गरेर नेताहरुलाई उचित र न्यायसंगत जिम्मेवारी दिइने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...