बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण

बालबालिकामा कुपोषण

कलैया । जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ ।

यहाँ आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण कार्यक्रम जिल्लाका उपमहानगर, नगरपालिका र गाउँपालिका गरी १६ वटा स्थानीय तहमा सञ्चालन भएको छ ।

सो अवसरमा परिवार नियोजन कार्यालयका राघवेन्द्र कर्णले २०७४÷७५ मा ५ सय महिला–पुरुषलाई परिवार नियोजन गराउने लक्ष्य लिएकामा एक महिनामा ८१२ जना महिला–पुरुषको परिवार नियोजन गराएको बताए ।

जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन सञ्चारकर्मीका लागि आयोजना गरिएको सो कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले जनस्वास्थ्यको स्थितिका बारेमा स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...