पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए

Trireest

अफगानिस्तान । पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् ।

आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका प्रान्तीय सरकारको प्रवक्ता आताउल्लाह खोगीआनीले बताएका छन् ।

नान्गाहार प्रान्तको हस्का मिना जिल्लामा आइएस आतङ्ककारी लुकेर बसेका स्थानलाई लक्षगरी मङ्गलबार बिहान सरकारी सुरक्षा बलले गरेको हवाई कारबाहीमा परी ६० आतङ्ककारी मारिनुको साथै अन्य १८ जना घाइते भएका खोगीआनीले बताताए ।

यस कारबाहीको क्रममा एक सर्वसाधारणको मृत्यु हुनको साथै अन्य १३ घाइते भएका बताइएको छ ।

नान्गाहार प्रान्तको पूर्वी भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...