गोरखाको मसेलमा स्वास्थ्य शिविर

Helth camp

गोरखा । जिल्लाको भिमसेन गाउँपालिकास्थित मसेलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मेगा हेल्थ क्याम्पको नाम दिएर सञ्चालन गरिएको एक दिने शिविरमा १ हजार १ सय ४० जनाले सेवा लिएका थिए ।

उक्त मेगा हेल्थ क्याम्पमा आँखा जाँच, भिडियो एक्स्रे सेवा, प्रसुती जाँच तथा अन्य विभिन्न रोगहरुको परिक्षण गरिएको थियो । ऋषि गिरीका अनुसार ८ जना विभिन्न रोगका विशेषज्ञसहित ७६ जना स्वास्थ्यकर्मीले सेवा दिएका दिए ।

स्वास्थ्य जाँचको क्रममा आँखाको सल्यक्रिया गर्नुपर्ने ८ जनालाई भने पोखराको हिमालय आँखा अस्पतालमा लगिने भएको छ । उनीहरुको आउने, जाने र शल्यक्रिया खर्च सबै निःशुल्क हुने छ ।

क्याम्प लायन्स क्लब अफ पोखरा डल्फिन, लायन्स क्लब अफ पोखरा समर्पण, लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी, लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटी, लायन्स क्लब अफ पोखरा आदर्श, लायन्स क्लब अफ पोखरा अर्पण, लायन्स क्लब अफ पोखरा हेरिटेज, लायन्स क्लब अफ पोखरा आदर्श सेन्चुरीको सहयोग र स्थानीय प्रगतिशिल आमा समुहको विशेष पहलमा भएको करुणा ढकालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...