मस्कोमा बस सब–वेको प्रवेशद्वारमा ठोक्किदा ४ जनाको मृत्यु, ११ घाइते

 99359053 mediaitem99359052

रुस । रुसको राजधानी मस्कोमा सब–वेको प्रवेशद्वारामा बस ठोक्किँदा कम्तिमा चारजनाको ज्यान गएको छ ।

बस बाटोबाट बाहिर गएर सब–वेको प्रवेशद्वारमा ठोक्किँदा अरु ११ जना घाइते भएका छन् । बस सब–वेको सिँढीमा गएर ठोक्किएको हो । बस सब–वेको प्रवेशद्वारमा टनेलको छानोमा ठोक्किएर अड्किएको छ । यो आतंककारी घटना नरहेको रुसी अधिकारीले बताएका छन् ।

बस एक्कासी चल्न थालेको र आफूले ब्रेक लगाउन खोजे पनि सफल भएको बसका चालकले बताएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस