ह्याप्पी न्यू इयरको ‘तिमी नै मेरो’ सार्वजनिक

Happy new year songs

काठमाडौं । चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युवमार्फत फिल्मको रोमान्टिक गीत रिलिज गरिएको हो ।

गीतमा टंक बुढाथोकीको शब्द र संगीतमा तयार भएको सो गीतको गायनमा मेलिना राईले स्वरमा साथ दिएकी छन् । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसीको अभिनय देख्न सकिन्छ ।

१४ पुसमा प्रदर्शनमा आउन लागेको यो चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतम शीर्ष भुमिकामा छन् । यसलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् भने रति थापाले निर्माण गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...