जिल्ला अस्पतालबाट सेवाग्राहीले प्रभावकारी सेवा पाएनन्

Dho kapilvastu


कपिलवस्तु । सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा स्थापित गरे पनि सोअनुसार यहाँका नागरिकले सेवा सुविधा पाउन सकेका छैनन् ।

जिल्ला अस्पतालबाट ७० बढी प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारी घोषणा भए पनि जिल्ला अस्पतालमा भने ३० प्रकारका भन्दा बढी औषधि बिरामीले पाउँदैनन् ।

जिल्ला अस्पतालको व्यवस्थापन प्रभावकारी हुन नसक्दा आफूहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको कपिलवस्तु नगरपालिका वडा नं २ का रामप्रसाद लम्सालले बताए । अस्पतालमा आउने बिरामी त स्वास्थ्य सेवा प्रभावकारी भएन भनेर आक्रोशित छँदैछन् ।

तर अस्पतालमा कार्यरत कर्मचारी पनि स्वास्थ्य उपचारका लागि आवश्यक उपकरणको अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी दिन नसकेको आकष्मिक वार्डका कर्मचारी शैलेन्द्र गुप्ताले बताउनुभयो । इमर्जेन्सी टिकटसमेत नहुँदा ओपिडी टिकटबाट इमर्जेन्सी वार्डमा काम चलाउँदै आएको सो वार्डका एक स्वास्थ्यकर्मीले बताए । यसैगरी एक्सरे वार्डमा सहयोगी कर्मचारी नहुँदा एक्सरे गर्न समस्या भइरहेको डार्क रुम अधिकृत भोजराज रेग्मीले बताए ।

क्षेत्र र केन्द्रबाटै औषधि नआएका कारण निःशुल्क औषधि वितरणमा केही समस्या आएको जिल्ला अस्पतालले जनाएको छ । निःशुल्क औषधि वितरणका लागि स्टोरमा औषधि अभाव भएपछि आफूहरुले पटकपटक क्षेत्र र केन्द्रमा यसका लागि पहल गर्दै आएको जिल्ला अस्पतालका स्टोरकिपर विजय चौधरीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...