युनिसेफद्वारा दुई स्वास्थ्यचौकी पुनःनिर्माण

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाका दुईवटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गरी युनिसेफले हस्तान्तरण गरेको छ ।
युनिसेफको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले गोरखा नगरपालिका–१२ तारानगर र बक्राङ स्वास्थ्यचौकी भवन निर्माण गरी स्थानीय तहका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।
युनिसेफका गोरखा प्रमुख मोहम्मद इद्रिस खानले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई तारानगर स्वास्थ्यचौकी र शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापामगरलाई बक्राङ स्वास्थ्यचौकीको साँचो हस्तान्तरण गर्दै रु ५५ लाखका दरले स्वास्थ्यचौकी निर्माण गर्न लगानी गरिएको बताए । यी स्वास्थ्यचौकी छ कोठाका छन् ।
शनिबार आयोजित भवन हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भूकम्पले भत्काएका ५५ स्वास्थ्यचौकी भवनमध्ये अधिकांश भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । भवन बनेपछि अस्थायी टहरोमा बिरामी राखेर उपचार गर्नु पर्दैन भने बर्थिङ सेण्टर सञ्चालनमा आएपछि प्रसुति गराउन सजिलो भएको छ ।
युनिसेफले गोरखामा १२ वटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएअनुसार अहिलेसम्म सात वटा निर्माण गरी हस्तान्तरण गरेको छ भने बाँकी भवन हस्तान्तरणको तयारीमा छ । सडक सुविधा नपुगेको गुम्दाको माछाखोला स्वास्थ्यचौकी भवन पुनःनिर्माणमा भने सामान ढुवानीमा ढिलाइ हुँदा पुनःनिर्माण शुरु भएको छैन ।
सम्बन्धित समाचार
क्यान्सर रोग निवारणका लागि सिधुवामा जनचेतनामुलक अभियान
धनकुटा । नेपाल अर्बुद रोग निवारण संस्था धनकुटाले क्यान्सर रोग निवारणका लागि शुरु गरेको जनचेतनामुल...
सहिदभूमिको खोकुमा एकीकृत घुम्ती शिविर सम्पन्न
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले शुरु गरेको एकीकृत घुम्ती शिविर अन्तर्गत आज वडा नं. ५ खोकु...
कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै, सतर्कता अपनाउन जरुरी
काठमाडौँ । वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने...
धनकुटाको छथरमा ७२२ जना किशोरीले लगाए एचपीभी खोप
धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ७ सय २२ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप...
धनकुटा नगरपालिकामा १९११ किशोरीले लगाए एचपीभी खोप
धनकुटा । धनकुटा नगरपालिकामा १ हजार ९ सय ११ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ख...
सहिदभुमीमा ८२१ किशोरीले लगाए एचपीपी खोप
धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा ८ सय २१ जना किशोरीले पाठेघरको मुखको क्यान्सर गराउने ह्युम...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस