दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण

पर्वत, । पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न महिलाको पाठेघर तथा स्तन उपचार शिविरमा २०० भन्दा बढीको परीक्षण गरिएको छ । चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी एकदिने शिविरमा उक्त संख्यामा महिलाको परीक्षण गरिएको हो ।
स्थानीय सामाजिक संस्था सिसेफ नेपाल पर्वतको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा उपचार गर्नका लागि सदरमुकाम कुश्माबजारका साथै गाउँगाउँदेखि महिला आएका थिए ।
आर्थिक अभावका कारण लामो समयसम्म रोग बल्झाएर राखेका महिलाको पनि शिविरमा उपचार गरिएको क्लबका संस्थापक टंक लामिछानेले जानकारी दिए ।
सो अवसरमा पाठेघरमा मासु पलाएका, पाठेघरको क्यान्सर भएका तथा स्तनमा गाठागुठी, स्तन क्यान्सरको लक्षण देखिएका बिरामी भेटिएका थिए ।
उनीहरूलाई आवश्यक सल्लाहसहित औषधिसमेत वितरण गरिएको थियो । यसअघि उक्त शिविरको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पदम गिरीले उद्घाटन गरेका थिए । शिविर उद्घाटन गर्दै सांसद गिरीले देशमा नागरिक स्वस्थ रहेमात्र राष्ट्र समृद्ध हुने बताउँदै सबै नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने बताए ।
उक्त शिविर सञ्चालनका लागि स्थानीय लायन्स क्लबले समेत साझेदारी गरेका थिए । सो अवसरमा सहभागीले यस्ता संवेदनशील शिविर सदमरुकाममा मात्र नभई गाउँगाउँमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति
काठमाडौं । काठमाडौँ । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या ...
क्यान्सर रोग निवारणका लागि सिधुवामा जनचेतनामुलक अभियान
धनकुटा । नेपाल अर्बुद रोग निवारण संस्था धनकुटाले क्यान्सर रोग निवारणका लागि शुरु गरेको जनचेतनामुल...
सहिदभूमिको खोकुमा एकीकृत घुम्ती शिविर सम्पन्न
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले शुरु गरेको एकीकृत घुम्ती शिविर अन्तर्गत आज वडा नं. ५ खोकु...
कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै, सतर्कता अपनाउन जरुरी
काठमाडौँ । वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने...
धनकुटाको छथरमा ७२२ जना किशोरीले लगाए एचपीभी खोप
धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ७ सय २२ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप...
धनकुटा नगरपालिकामा १९११ किशोरीले लगाए एचपीभी खोप
धनकुटा । धनकुटा नगरपालिकामा १ हजार ९ सय ११ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ख...
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
प्रतिकृया दिनुहोस