रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

Khop

कञ्चनपुर । साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।

अस्पताल पु¥याइएका ती वृद्धको रेबिजको संक्रमणका कारण मृत्यु भएको चिकित्सकले पुष्टी गरेपछि परिवारका सबै सदस्यले एन्टिरेबिज भ्याक्सिन लगाउन थालेका हुन् ।
रेबिजको संक्रमण हुनाका कारण नखुलेपनि घरमै पालिएको कुकुरबाट रेबिजको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुखसहितको टोलीले रेबिज भएका परिवारसँगको भेटपछि जनावर र परिवारका सदस्यलाई एन्टिरेबिज भ्याक्सिन निःशुल्क लगाउने व्यवस्था गरेको छ ।
परिवार र छिमेकी गरी दशजनालाई महाकाली अञ्चल अस्पतालमा एन्टिरेबिज भ्याक्सिन लगाउने कार्य भइरहेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

पशु शाखा कार्यालयका पशु विकास अधिकृत तारादत्त अवस्थीले उक्त घरका परिवार, घर पालुवा जनाबर र सो क्षेत्र वरिपरि भ्याक्सिन लगाउन छुटेका घरपालुवा र भुस्याहा कुकुरलाई पनि भ्याक्सिन लगाउने कार्य भइरहेको बताए । रेबिजको संक्रमणपछि यस क्षेत्रका बासिन्दा त्रस्त भएका छन् ।

प्रतिकृया दिनुहोस