कामचलाउ सरकारका नियुक्ति र निर्णय नयाँ सरकारले मान्दैन : नेकपा एमाले

Uml..

काठमाडौं । नयाँ निर्वाचनबाट देशको पहिलो दल बनेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले कामचलाउ सरकारले बिभिन्न संस्थानमा राजनीतिक नियुक्ति गर्न थालेको भन्दै आपत्ति जनाएको छ । एमालेले शेरवहादुर देउवा सरकारले गरेका पछिल्ला नियुक्ति र निर्णयहरुको निरन्तरता कुनै पनि हालतमा हुन नदिने प्रष्ट पारेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले सोमवार विज्ञप्ति जारी गरि काम चलाउ हैसियतमा सीमित हुनपुगेकोसरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको/गर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रदेश प्रमुख र त्यससग सम्बन्धित विभिन्न निर्णयहरु गर्न लागेको सूचनाप्रति समेत एमालेले ध्यानकर्षण भएको जनाएको हो । कामचलाऊ सरकारलाई मनपरी निर्णय गर्नबाट कर्मचारी नेतृत्वलाई समेत सचेत गराएको छ ।

महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ-गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौं ।

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको भन्दै एमालेले यो सरकारले गरेका जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने प्रष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...