देउवाले जोगाए किल्ला

Sher bahadur deuba 5kvmmjgsnl

काठमाडौं । अधिकांश वरिष्ठ नेताहरूले पराजय भोगिरहेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ देखिको आफ्नो किल्ला जोगाउन सफल भएका छन् । ७२ वर्षीय देउवाले २८ हजार ४४ मतसहित अपराजित यात्रा कायम राखे ।

प्रतिनिधिसभा सदस्यमा छैटौं पटक जित हात पारेका उनले माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई ६ हजार ९ सय २९ मतान्तरले हराए । भट्टले २१ हजार एक सय १५ मत पाएका थिए ।

देउवालाई गृह जिल्लाबाट चुनाव जित्न जम्मा दुई पटक केही कठिन अवस्था आइपर्‍यो । पहिलो संविधानसभा निर्वाचन, ०६४ र अहिले ।

०४८, ०५१ र ०५६ मा भने उनले सहजै जित हात मात्र पारेनन्, देशभरिमै सबैभन्दा बढी मतान्तरमा विजयी हुने नेता बन्ने अवसर पाए । ०४८ को आम निर्वाचनमा त उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत पाएका थिए ।, यो खबर आजकोकान्तिपुरमा छ ।

किन हार्दैनन् देउवा ?

विद्यार्थी जीवनमै उच्च शिक्षा अध्ययनका सिलसिलामा डडेलधुराको असिग्राम रुवाखोलाबाट राजधानी छिरेका देउवा ०४८ मा मात्र चुनाव लड्न गृहजिल्ला आएका थिए । ‘शेरबहादुर देउवा पञ्चायतकालमा जिल्लाभर चर्चित नाम थियो तर भौतिक रूपमा उनलाई देख्ने विरलै थिए ।

उनी पञ्चायत व्यवस्थाविरुद्ध लडेको र जेल परेका कुराहरू पुग्थे गाउँघरमा । देउवा कस्तो होला भन्ने धेरैमा जिज्ञासा हुन्थ्यो,’ स्थानीय देवराज जोशी पण्डितले भने, ‘त्यसैले उनीप्रति एउटा पिँढीको आकर्षण रहँदै आयो । अहिले तेस्रो पुस्तासम्म पनि देउवाको आकर्षण सकिएको छैन । अपराजित यात्रामा उनलाई त्यही व्यक्तित्वको लाभ प्राप्त भइरहेको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...