प्यूठानमा वाम गठबन्धनकी दुर्गा पौडेल विजयी

प्यूठानमा पुनः फरफरायो लाल झण्डा

Durga paudel

प्यूठान । वाम किल्ला भनेर चिनिएको प्यूठान पुनः वाम किल्ला भएको छ । एक मात्र प्रतिनिधिसभा रहेको प्यूठानमा वाम गठबन्धनकी साझा उम्मेदवार दुर्गा पौडेल भारी मतका साथ विजयी भएकी छन् ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले ४७ हजार ५ सय १४ मत पाउँदै वाम किल्ला जोगाउन सफल भएकी हुन् ।

पौडेलकी प्रतिद्धन्द्धी नेपाली कांगेसका डा. गोविन्द पोख्रेललाई १६ हजार २ सय २८ मतको फराकिलो मतान्तरले पराजित गर्दै जिल्लाबाट विजयी हुने पहिलो पहिला पनि बनेकी छन् । पोख्रेलले ३१ हजार २ सय ८६ मत ल्याएका छन् ।

प्रदेशसभा क र ख मै वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । ‘क’ मा वाम गठबन्धनका हरी रिजालले २४ हजार ७ सय ३४ मत ल्याई विजयी भएका थिए भने उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबनधनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांगेसका टेकप्रसाद भण्डारीले १२ हजार ६ सय ३८ मत ल्याएका छन् ।

प्रदेश नं. ‘ख’ मा पनि वाम गठबन्धनका उम्मेदवारले भारी मतले विजयी भएका छन् । वाम गठबन्धनका कृष्णध्वाज खड्का २७ हजार ९ सय १० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसमा अमर भण्डारीले १४ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...