पराजित वामदेव गौतम : जसले वाम गठबन्धनको सुत्रपात गरे

Bamdev gautam

बर्दिया । दोस्रो संविधान सभाको निर्वाचनमा प्यूठानबाट निर्वाचित हुँदा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई जिल्ला चरुवा नेताको आरोप लाग्यो । त्यही आरोपकाबीच भारी मतका साथ विजयी भएर संविधानसभामा प्रवेश गरे ।

तिनै गौतम २१ मंसिरमा निक्कै शानका साथ बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्याका लागि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बने यो बेला पनि उनले टुरिष्ट नेताको उपमा पाउँदा पाउँदै पनि जितको नजिक पुगे । तर, दुर्भाग्य उनी योपटक भने पराजित भए ।

बरिष्ठ उपाध्यक्ष गौतम यस्ता व्यक्ति थिए, जसले छरिएर रहेको वाम शक्तिलाई एकै ठाउँ बनाएर वाम गठबन्धन बनाउन निक्कै ठूलो भूमिका निर्वाह गरे । उनकै पहलमा वाम गठबन्धन बनेको भनिन्छ । तर, दुर्भाग्य, वाम गठबन्धनका सुत्रपात नै पराजित भएका छन ।

गौतम कांग्रेसका संजयकुमार गौतमसँग ७ सय ५३ मतको अन्तरले उनी पराजित भए । सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८ सय २९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए ।

बर्दिया क्षेत्र नं. १ मा नेकपा मालेका नरबहादुर बोहोराले २ हजार ३ सय ७२ मत आएको छ । तर, वाम गठबन्धनमा नेकपा माले पनि सहभागी बनेको भए गौतमको जित सुनिश्चित हुन्थ्यो ।

प्रतिकृया दिनुहोस