रुपन्देही क्षेत्र नं.१ छविलाल विश्वकर्मा विजयी

बहालवाला मन्त्री रज्जाकलाई भारी मतले हराए

Chabila bk

बुटवल । रुपन्देही क्षेत्र नं. १ को प्रतिनिधि सभामा एमालेका स्थायी कमिटि सदस्य छविलाल विश्वकर्मा विजयी भएका छन् । बहालवाला खानेपानी राज्यमन्त्रीसमेत रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अब्दुल रज्जाकलाई ७ हजार ८ सय ६७ मतले पछि पार्दै छविलाल विश्वकर्मा विजयी भएका हुन् ।

वाम गठबन्धनका उमेद्वार विश्वकर्माले ३४ हजार ७ सय ५२ मत लिएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका अब्दुल रज्जाको मत २६ हजार ८ सय ८५ रहेको छ । विश्वकर्मा पूर्व कृषि तथा सहकारी मन्त्रीसमेत हुन् । बुटवल स्थायी घर भएका विश्वकर्मा संविधान सभा २ को निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।

यस पटक भने समानुपातिकको पहिलो नम्बरमै उमेद्वारको नाम भएता पनि विश्वकर्माले त्यसलाई लत्याएर प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् । पार्टीको लुम्बिनी अञ्चल र भारत मामिला प्रमुख भएर काम गरिसकेका विश्वकर्मा दलित सम्बन्धि जनबर्गीय संगठन मुक्ति समाजका संस्थापक पनि हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...