वाम गठबन्धनका सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम पराजित

Sanjaya bamdev

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।

वर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् ।  ७५३ मतको अन्तरले उनी पराजित भएका हुन् ।

सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याए विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए ।

उपाध्ययक्ष गौतम एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका थिए । गाैतमकै जोडबलमा पार्टी एकता गर्ने सहमतिका साथ वाम गठबन्धन भएको थियो ।

यो क्षेत्रमा नेकपा मालेका नरबहादुर बोहोराले २ हजार ३७२ मत ल्याएको छ । यस्तै संघीय समाजवादीका काशीमअली सिद्धिकीले ६९७, नयाँ शक्तिका केशवराज पाैडेलले ५४४, एराप्रपा राषट्रवादीले २४९ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...