तनहुँ १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित

Tanahu

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट पराजित भएका छन् । वाम गठबन्धन तर्फबाट एमालेका कृष्णकुमार श्रेष्ठसँग नेता पौडेल पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ  । 

उनका निकटम प्रतिद्वन्द्वी नेता पौडेलको २७ हजार ६ सय ९० मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रको क प्रदेशमा एमालेका रामबहादुर गुरुङ १८ हजार २ सय ६५ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार ८ सय  ७८ मत प्राप्त गरे । त्यस्तै प्रदेश ख मा माओवादीका हरिबहादुर चुमान १५ हजार ३ सय ६० मत ल्याए विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी रघुनाथ पौडेलले ११ हजार ८ सय ८१ मत प्राप्त गरे । 




प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...