कञ्चनपुरमा वाम गठनबन्धन जितको शुरुवात

 निर्वाचन क्षेत्र नम्बर १(क) प्रदेशबाट वामका तारालामा भारी मतले विजयी

Tara lama

कञ्चनपुर । कञ्चनपुरमा वाम गठबन्धनले जितको शुरुवात गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ (क) वामका उम्मेदवार तारालामा तामाङ्ग झण्डै दोब्बर मतले विजयी भएका छन् ।

खसेको मत मध्ये २९ सय गन्न बाँकी रहदा वामका उम्मेदवार तामाङ्गले १८ हजार २७५ र उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका गोपाल सिह गुरुङ्गले ८ हजार २१८ मत ल्याएका छन् ।

निर्वाचन कार्यालयका अनुसार बाँकी रहेको उक्त २ हजार ९सय मत गनिदै छ । केही समय भित्रै घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले कञ्चनपुरका अध्यक्ष समेत रहेका तामाङ्ग यस अघि विस २०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधी सभा सदस्यका उम्मेदवार एनपी साउदसंग पराजित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर १(क)मा कुल ४३ हजार १७१ मतदाता मध्ये ३१ हजार ३०१मत खसेका थिए । 

निर्वाचन क्षेत्र नम्बर १(क) वाम तर्फबाट निर्वाचित तारालामा तामाङ्ग बिना मगरको दोब्बरले अग्रता मोहन विष्ट/नयाँ पत्रिका कञ्चनपुर, मंसिर २४ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ वामका उम्मेदवार बिना मगरले दोब्बरले अग्रता लिएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दिवान सिह विष्ट भन्दा १० हजार १२ मतले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिनाले २० हजार २७५ र विष्टले १० हजार १२ मत ल्याएका छन् । अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभा तर्फ ३१ हजार ७५८मत गणना भएका छन् । अन्य प्रतिनिधी र प्रदेशबाट समेत वामकै उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...