प्यूठानमा यस्तो ताजा मत परिणाम, दुर्गा पौडेल ४ हजार मतले अघि

Durga paudel

प्यूठान । प्यूठानलाई वाम किल्ला नै भनिन्छ । त्यसमा पनि वाम गठबन्धनले देशैभर विजय हात पार्दै गर्दा प्यूठानमा पनि वाम गठबनधनले अग्रता कायम गरेको छ ।

एक मात्रै प्रतिनिधिसभा रहेको प्यूठानमा ४२ हजार ३ सय ३० मत गणना हुँदा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल झण्डै ४ हजार मतले अग्रता कायम गरेकी छन् ।

पौडेलले विहान साँढे ८ बजेसम्ममा २० हजार ८ सय ५३ मत प्राप्त गरेकी छन् भने नेपाली कांगेसका डा. गोविन्द पोख्रेलले १६ हजार ३ सय ९७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा क र ख मै वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । ‘क’ मा वाम गठबन्धनका हरी रिजालले २२ हजार ३ सय १६ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबनधनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांगेसका टेकप्रसाद भण्डारीले ११ हजार १ सय ९७ मत ल्याएका छन् ।

प्रदेश नं. ‘ख’ मा पनि वाम गठबन्धनका उम्मेदवारले भारी मतले अग्रता कायम गरेका छन् । यहाँ वाम गठबन्धनका कृष्णध्वाज खड्का २४ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसमा अमर भण्डारीले १२ हजार ८ सय १ मत प्राप्त गरेका छन् । 

प्रतिकृया दिनुहोस