कांगेसका हस्तीलाई भयो चुनाव जित्न सास्ती

Nc leader

काठमाडौं । वाम गठबन्धनले अप्रत्यासित जित हात पार्दा नेपाली कांगेसका हस्तीहरुलाई निर्वाचन जित्न निक्कै सकस परेको छ ।

दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यकांग्रेसका हस्तीहरुले नराम्ररी हार वेहोरेका छन् । शेखर कोइराला, डा. महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशीलगायतका चर्चित नेताहरुले पराजित भइसकेका छन् भने अन्य केही हारको नजिक पुगेका छन् ।

शीर्ष नेतामध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंह मात्रै विजयी भएका छन् । कांग्रेससँंग पार्टी एकता गरी चुनावमा होमिएका विजय गच्छदारसमेत संकटमा परेका छन् ।

धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधि राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पराजित गरे । महतोले ३० हजार ७ सय ४२ मत प्राप्त गर्दा निधिले २७ हजार ८ सय २८ मत प्राप्त गरे ।

कांग्रेसका प्रभावशाली मानिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा धेरै पछाडि धकेलिएका छन् । आइतवार विहान साँढे ७ बजेसम्म लिङ्देनले ३२ हजार ५ सय ३४ मत ल्याएका छन् भने सिटौलाले २२ हजार ४ सय ७३ मत ल्याएका छन् । यो मतलाई हेर्दा सिटौलाको हार निश्चित छ ।

पछिल्लो मतपरिणामअनुसार कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधिसभामा कुल ५१ हजार ९ सय ४० मत गन्दा नेपाली कांग्रेसकी नेत्री आरजु राणा नकपा एमालेका नारदमुनी रानाभन्दा निक्कै पछाडी परेकी छन् । रानाले २१ हजार ६ सय ३७ मत ल्याउँदा राणाले १८ हजार ८ सय ७३ मत ल्याएकी छन् ।

यता गुल्मीबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पराजित भइसकेका छन् । उनी गुल्मी क्षेत्र नं. १ मा प्रदीप ज्ञवालीसँग पराजित भएका हुन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याउँदा भण्डारी ३० हजार २ सय ५६ मत ल्याए ।

सुर्खेत क्षेत्र नम्बर १ बाट पूर्णबहादुर खड्का पराजित भइसकेको छन् । उनी नकपा एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका हुन् । शाहीले ३६ हजार ७ सय ५९ मत ल्याउँदा खड्काले ३३ हजार ३ सय ७७ मत ल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...