गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको संख्या बढ्दो

Garva ptn

काठमाडौँ । अहिले परिस्थिति यति डरलाग्दो बनिसकेको छ कि गर्भपतन गर्नेहरुमा सबैभन्दा बढी २० वर्षभन्दा मुनिका किशोरीहरु रहेका छन् ।

सीमा राना नाम परिवर्तन अहिले २० वर्षकी भइन् । उनी काठमाडौँको एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।

थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् ।

सीमा मात्र होइन, काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल÷कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन् ।

सरकारले अनिच्छित गर्भपतनलाई कानुनी मान्यता दिएपछि विवाहित मात्र होइन अविवाहित जोडीले गर्भपतन गर्ने सहजतालाई जथाभावी प्रयोग गरिरहेको पाइएकोे छ ।

जनस्वास्थ्य कार्यालय काठमाडौँको आव २०७३/७४ को तथ्याँक अनुसार १३ हजार ५७ जनाले गर्भपतन गराएका थिए जसमध्ये २० वर्षमुनिका किशोरीको संख्या ३ हजारभन्दा बढी छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा अचला वैद्य किशोरकिशोरीलाई यौन शिक्षा विद्यालय तहबाटै दिनुपर्ने खाँचो औँल्याउँछिन्

विपरीत लिङगी साथी बनाउने र शारिरीक सम्बन्धलाई मनोरजञ्जको रुपमा लिने गलत प्रवृतिका कारण गर्भपतनले डरलाग्दो रुप लिइरहेको उनले बताइन् ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अहिले विद्यालय महाविद्यालयका किशोरकिशोरीले शारिरीक सम्बन्धलाई निकै सहज रुपमा लिने गर्दा र सुरक्षा नअपनाउँदा यसको असर विकराल बन्दै गएको उनको भनाइ छ ।

उनले भनिन, ‘बिहे गर्न २० वर्ष उमेर तोकिएकाले त्यस अघि शारिरीक सम्बन्ध पनि राख्न हुन्न भन्न खोजिएको हो तर समय धेरै अघि बढिसकेको छ । अहिले यौन सम्बन्धलाई सहज रुपमा लिने र मनोरञ्जनका लागि मात्र प्रयोग गर्ने गरेका कारण धेरै गर्भ फाल्दा किशोरीको प्रजनन् क्षमतामा ह्रास आउने खतरा बढेको छ ।’

भर्खरै मात्र सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पनि गर्भपतन परिवार नियोजनको विकल्पको रुपमा विकास भइरहेको पुष्टि गरेको थियो ।

सो सर्वेक्षणले नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनको रुपमा प्रयोग हुँदै आएको तथ्याँकले देखाएको छ । अघिल्लो वर्षपनि गर्भपतन गराएकामध्ये २५ प्रतिशतभन्दा बढी २० वर्षमुनिका किशोरीले गर्भपतन गराउने गरेको पाइएको थियो ।

कानुनी रुपमा १२ हप्तासम्मको गर्भ महिलाले चाहेमा पतन गराउन सक्ने प्रावधान छ । विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भ पतन गराउन मिल्ने सरकारले बाटो खुला गरेको छ ।

काठमाडौँमा गर्भपतन गराउने महिलाको संख्या वार्षिक १५ हजार भन्दा बढी रहेको जनस्वास्थ्य कार्यालय काठमाडौँको तथ्याँक छ । जनस्वास्थ्य कार्यालयमा २०७१/७२ मा काठमाडौँमा १३ हजार ६०९ जनाले गर्भपतन गराएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्याँक अधिकृत पुष्कर बिजुक्छेले दिनुभएको जानकारी अनुसार आव २०७२/७३ मा १५ हजार ५०३ जनाले गर्भपतन गराएको तथ्याँक छ । त्यसमा करिब २४ प्रतिशत २० वर्षमुनि छन् ।

चिकित्सकको बुझाइमा काठमाडौँमा २० वर्षमुनिका किशोरीमा गर्भपतनको संख्या बढ्नुमा असुरक्षित यौन सम्पर्क, अस्थायी साधनको प्रयोग नगर्नु र यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनु हो ।

गर्भपतन गराउन आउने अधिकांश किशोरीले औषधि सेवनको विधि रोज्ने गरेका छन् । काठमाडौँमा औषधि खाएर गर्भपतन गराउने किशोरीको संख्या पनि कूल गर्भपतनको आधाआधी हुने अनुमान गरिएको छ ।

१० / ७ नाघेको गर्भपतन गराउन औषधि सेवन भरपर्दो नहुने भएकाले आधाजसो किशोरीले चिकित्सकको सल्लाहमा शल्यक्रिया मार्फत गर्भपतन गराउने गरेका छन् ।

डा वैद्यले भनिन्, ‘गर्भपतन सामान्य र स्वाभाविक होइन । यसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्दछ । गर्भपतनले महिलाको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर पु¥याउने भएकाले यसलाई अस्थायी साधनको रुपमा लिनुहुन्न ’

उनको भनाइमा पटकपटक गर्भपतन गराउँदा धेरै रक्तश्राव हुने, पाठेघरमा प्वाल पर्ने, पाठेघर काम नलाग्ने हुने र प्रजनन स्वास्थ्यमा असर पार्ने हुन्छ ।

त्यस्तै, गर्भपतनका लागि खाने औषधिले महिलामा अवस्थाअनुसार तौल कम वा धेरै हुने, पाठेघरमा घाउ हुने र सोही घाउ बढेर क्यान्सर समेत हुनसक्ने भएकाले महिलाले पहिलो बच्चा जन्माउनुअघि गर्भपतन गराउन नहुने सल्लाह उनको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...