डुबेर बेपत्ता भएका युवकको शव फेला

शव पहिचान नहुँदा प्रहरीलाई समस्या3495

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

प्रहरीका अनुसार बिहीबार २ बजे केही साथीसँग पोखरीमा पौडी खेल्न प्रवेश गरेका त्रिनपा–६ का २२ वर्षीय डेबिट राई पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

तर बिहीबार बेलुकीदेखि राति अबेरसम्म पनि राईको शब खोजी गर्ने क्रममा नभेटिएपछि आज बिहानैदेखि नेपाली सेना र प्रहरीको टोलीले राईको शव खोज्न परिचालन गर्ने क्रममा शव भेटिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।

राईको शव पोखरीभित्र हिलोमा गाडिएका कारण भेट्न कठिनाइ भएको पनि प्रहरीले बताएको छ । मृतक राईसँगै अन्य पौडी खेल्ने ३ जना युवालाई पनि प्रहरीले बिहीबार नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...