३ किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

Gold 587ad3c4849f77.26188868

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित एक चिनिया नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनिया नागरिक कुजिझुवमालाई विनमास्थल प्रहरीले पक्राउ गरेको हो ।

एअर चाइनाको उडानबाट चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो ।

उनको साथबाट ४ थान सुनको साधारण बाला र २ थान बिस्कुट आकारकोसहित ३ किलो सुन प्रहरीले बरामद गरेको छ । सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ । चिनिया नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...