नेता थापासहित घाइते हुनेको संख्या ११ पुग्यो, ५ अवस्था गम्भीर

Gagan thapa 18

काठमाडौँ । काठमाडौँँ क्षेत्र नं. ४ का काँग्रेस उम्मेदवार समेत रहेका पुर्व स्वास्थ्यमन्त्री थापालाई लक्षित गरि भएको बम आक्रमण नेता थापासहित ११ जना घाइते भएका छन्, भने बम आक्रमण घाइते ५ जनाको अवस्था गम्भिर रहेको छ ।

गन बुढानिलकण्ठ नगरपालिका २ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण भएको हो। थापासहित सबै ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ। उम्मेदवार थापालाई बमको छर्राले लागेको छ। उनको ढाडमा चोट लागेको छ।

घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्। घाइतेमध्ये राजकाजी श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर छ। बमको छर्रा शरीरमा लागेका कारण उनीहरुको अप्रेसन गर्ने तयारी भइरहेको छ। अस्पत्ताल परिसर बाहिर आफन्त तथा शुभचिन्तकहरुको भिड लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...