बम बिस्फोटमा परि कांग्रेस नेता गगन थापा घाइते

Gagan thapa

काठमाडौँ । चुनाव प्रचारका क्रममा भङगल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार हुँदा नेपाली काँग्रसका नेता गगन थापा घाइते भएका छन् ।

काडमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापालाई लक्षित प्रहार भएको बमको छर्राले लागेको प्रहरीले जनाएको छ । 

बम लागेर सामान्य घाइते भएका थापालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको छ । अज्ञात व्यत्तिले रिमोटको प्रयोग गरी बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

बम विस्फोट हुँदा केही व्यक्ति घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस