त्रिशुली बस दुर्घटनामा घाइते हुनेको संख्या २१ पुग्यो,

उपचारको लागि काठमाडौँ र भरतपुर लगिदै

344444444444

चितवन, १३ मंसिर , त्रिशुली बस दुर्घटनामा घाइते हुनेको संख्या २१ जना पुगेको छ । काठमाडौँंबाट अर्घाखाँची तर्फ जाँदै गरेको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बुधबार बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयको अनुसार घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौँ र अन्यलाई भरतपुरतर्फ ल्याउँदै गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ । काठमाडौँंबाट अर्घाखाँची जान आउँदै गरेको बस सडकबाट १ सय मि तल नदीमा पुगेको हो । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौँ तर्फ पर्छ ।

सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ । बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस