एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

Criket mhila jit

काठमाडौँ । थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको ३ खेलमध्ये २ खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो । यस जितसँगै चार खेल खेलेको नेपालको चार अंक नै छ ।

नेपालले थाइल्याण्ड र हङ्कङसँग वर्षाका कारण अंक बाँडेको थियो भने संयुक्त अरब इमिरेट् युएई सँग पराजित भएको थियो ।

नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । ४२ बल खेलेकी उनले तीन चौकाको मद्धतमा ३७ रन जोडेकी हुन् । त्यस्तै ज्योति पाण्डेले २१ तथा काजोल श्रेष्ठले १८ रन जोडे ।

मलेसियाकी जनादिह हालिम र नुर अरियना नत्स्याले समान २÷२ विकेट लिइन् । त्यस्तै यता मलेसियाका लागि भने एमएली एलिएनीले २४, कप्तान डब्लु ए दुरासिंगमले ११ तथा जायनी स्यामिमीले १६ रन जोडे ।

मलेसियालाई ७५ रनमा समेट्ने क्रममा नेपालकी करुणा भण्डारी एक्लैले ३ विकेट लिइन् भने सोनु खड्का, सीता रानामगर, रीतु कनौजिया र नेरी थापाले समान १÷१ विकेट लिए । यही मंसिर १० गते नेपालले चीनसँग खेल्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...